२८ श्रावण २०७९, शनिबार

विप्लव नेतृत्व नेकपाद्वारा बर्दियामा जनप्रतिनिधिसँग छलफल

प्रकाशित मिति :  9 July, 2021 7:10 am


बर्दिया । विप्लव नेतृत्वको नेकपाले बर्दियामा जनप्रतिनिधिहरूसँग पार्टीको भूमिकाबारे छलफल चलाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज उदय बहादुर चलाउने ‘दिपक’ले बर्दियाको बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठसँग बिहीबार छलफल गरेका छन् । बर्दिया जिल्लाको समग्र विकासमा पार्टीको भूमिकालाई लिएर छलफल सुरु गरेको नेता चलाउनेले जानकारी दिए ।

वार्ता टोलीका सदस्य चलाउने बर्दिया इन्चार्ज भएर आएपछि विभिन्न क्षेत्र का व्यक्ति, राजनीतिक दल,सरकारी निकाय तथा जनप्रतिनिधिसँग भेटघाट गरिरहेका छन् ।

बढैयाताल गाउँपालिकाका अध्यक्षसँगको भेटमा समसामयिक राजनीतिक अवस्था र गाउँपालिकाको समग्र विकासका विषयमा छलफल भएको भेटवार्तामा सहभागि नेता हिमशिखरले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !