२ भाद्र २०७९, बिहिबार

सीवाइसी नेपाल लघुवित्तले आइपीओ जारी गर्दै

प्रकाशित मिति :  9 July, 2021 2:00 pm


काठमाडौं । सीवाइसी नेपाल लघुवित्तले साधारण सेयर आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३ लाख ९५ हजार ३३५.९७४ कित्ता आइपीओ बिक्री तथा निष्काशन गर्ने भएको हो ।

आइपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । यस सम्बन्धमा सीवाइसी लघुवित्त र ग्लोबल आइएमई क्यापिटलबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा लघुवित्तको तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्मा र क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरेका छन् ।

बाग्लुङ जिल्लाको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्तलाई एक्विजिशन गरेको छ ।

एक्विजिशनपश्चात् वित्तीय संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८३७ रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !