१२ श्रावण २०८१, शनिबार

मन्त्री पद गुमाएका पूर्व माओवादी नेता माओवादी केन्द्र खारेज गर्न निर्वाचन आयोगलाई दबाब दिए

प्रकाशित मिति :  9 July, 2021 3:05 pm


काठमाडौ । नेकपा एमाले प्रवेश गरेर मन्त्री पद गुमााएका पूर्व माओवादी नेताहरुले माओवादी केन्द्रको दल दर्ता खारेज गर्न निर्वाचन आयोगलाई दबाब दिएका छन् ।

एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा, नेता प्रभु साह, लगायतका नेताहरूले शुक्रबार प्रमुख आयुक्त दिनेश थपलिया लगायतलाई भेटेर सो दबाब दिएका हुन् ।

उनीहरुले माओवादी केन्द्रको दल दर्ता खारेजका लागि बुधबार दिएको निवेदनमा के भइरहेको छ त्यसबारे लिन खोजेका थिए ।

एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरुले माओवादी केन्द्रले २०६९ देखि पार्टीको महाधिवेशन नगरेको, पार्टी एकताका नाममा आयोगलाई झुक्याएको लगायतका दाबी गर्दै दल दर्ता खारेज गर्नुपर्ने माग सहित निवेदन दिएका थिए ।

मन्त्री पद गुमाएका साहले माओवादी केन्द्रको विषयमा प्रश्न उठाएर खारेजबारे कारबाही गर्न माग गरेको बताए ।

आयोगका अधिकारीहरुले छिट्टै निर्णय दिने आश्वासन दिएको नेता साहले जनकारी दिए ।



प्रतिक्रिया दिनुहोस !