१२ श्रावण २०८१, शनिबार

४ वटा प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

प्रकाशित मिति :  10 July, 2021 7:30 am


काठमाडौं । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मैसम विज्ञान विभागले जनाएको छ ।

त्यस्तै प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशकै एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभाग अन्तर्गतको महाशाखाले जारी गरेको बुलेटलिनमा उल्लेख छ ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले सचेत गराउँदै भनेको छ,“देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी/ धेरै भारी वर्षाको सम्भावना रहेको छ । त्यसैले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।”



प्रतिक्रिया दिनुहोस !