१२ श्रावण २०८१, शनिबार

प्यूठानमा सरकारी सम्पतिको विवरण व्यवस्थित अभिलेखिकरण

प्रकाशित मिति :  10 July, 2021 12:49 pm


अनिल नेपाली-

प्यूठान । जिल्ला प्रशासन कार्यालय प्यूठानले जिल्लाभरका सरकारी सम्पतिको विवरणको व्यवस्थित अभिलेखिकरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय प्यूठानले जिल्लाभित्र रहेका सरकारी सार्वजनिक जग्गा, सरकारी कार्यालयको भौतिक सम्पति तथा जग्गा,भवन तथा सवारी साधनको विरण समेटेर पुस्तक प्रकाशित गरेको हो ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले आफू भ्रष्टाचार र गलत कार्यहरु हुननदिने र उच्च नैतिकताका साथ सदाचारता कायम गराउन धेरै प्रयन्त गरिरहेको र सार्वजनिक सम्पतिको लागत संकलन गरेर विवरण सार्वजनिक गरेको जानकारी दिए ।

उनले भने,“ जिल्लाभरका सरकारी सार्वजनिक जग्गाको लगत लिएर प्रकाशित गरेको छु । सबै सरकारी कार्यालयको भौतिक सम्पति जग्गा र भवन तथा सवारी साधनहरूको विद्यमान अवस्था समेत देखिने गरी पुस्तक नै तयारी गरी प्रकाशन गरेको छु ।”

उनले आफ्नो प्रयास सम्पत्तिको संरक्षणका लागि यो निकै राम्रो दस्ताबेज बनेको बताए । लुम्बिनी सञ्चारसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी भुसालले भने,“सुशासन भन्ने विषय कुनै नयाँ योजनाले मात्रै आउने होइन जिम्मेबारी प्राप्त गरेका हरेक व्यक्तिमा नैतिकता र अनुशासन भएमा मात्रै पनि धेरै फरक पर्दछ । नेतृत्वमा असल चरित्र तथा उच्च नैतिकता भएमा कार्यालयमा धेरै सुधार गर्न सकिन्छ ।”

कानूनको कुनै कमी नभएको नभएको भन्दै नैतिक मूल्यमान्यतामा आएको दास तथा विकृत सोंचका कारण सुशासन चुनौतीको विषय बनेको उल्लेख गरे । उनले भने,“ दण्ड व्यवस्थालाई प्राथमिकतामा राखि सुधारका कार्यको थालनी बारेमा सकारात्मक नतिजा पाउन सकिन्छ । गलत प्रवृति कार्यका विरुद्ध निर्माताका साथ हामी लागेका छौं ।”



प्रतिक्रिया दिनुहोस !