रोल्पामा २ हजार भन्दा बढीले कोरोना जिते,अझै १८२ जना सक्रिय संक्रमित
प्रकाशित मिति : 10 July, 2021 3:51 pm

रोल्पा । रोल्पामा २ हजार भन्दा बढीले कोरोना जितेका छन् ।
जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरोनाको दोस्रो लहर फैलिएपछि अहिलेसम्म २,००४ जनाले कोरोना जितेका हुन् ।
रोल्पामा अझै १८२ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ४ जना संक्रमित थपिएका छन् भने ७ जना निको भएका छन् ।
रोल्पामा फैलिएको कोरोनाको दोस्रो लहरका कारण १९ जनाले ज्यान गुमाइसकेका छन् । पहिलो लहरमा २४८ जना संक्रमित भएका थिए भने ५ जनाको मृत्यु भएको थियो । दोस्रो लहरमा भने रोल्पापनि नराम्रारी प्रभावित भएको हो ।