१२ श्रावण २०८१, शनिबार

एमालेको कार्यदल बस्नुअघि प्रचण्ड-नेपालबीच भेट

प्रकाशित मिति :  10 July, 2021 4:22 pm


काठमाडौं । नेकपा एमालेको कार्यदलले सहमतिलाई अन्तिम रुप दिने तयारी गरिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेपाललाई भेट्न प्रचण्ड नेपाल निवास आज कोटेश्वर पुगेका हुन् । भेटबारे औपचारिक धारणा सार्वजनिक नभएपनि एमालेभित्र सहमतिलाई अन्तिम रुप दिने तयारी भएको भन्ने नेताहरुको भनाई सार्वजनिक भइरहेका बेला दुई नेताबीच भेट भएको हो । नेपाल पक्ष विपक्षी गठवन्धनमा छ ।

एमालेभित्र एकताका लागि कार्यदल सक्रिय भइरहेको छ । कार्यदलले आज सहमतिलाई अन्तिम रुप दिने एमाले नेताहरूको दाबी छ ।



प्रतिक्रिया दिनुहोस !