देशभर २,१६९ जना कोरोना संक्रमित थपिए, २२ जनाको मृत्यु
प्रकाशित मिति : 10 July, 2021 5:20 pm
काठमाडौं । देशभर २,१६९ जना कोरोना संक्रमित थपिएका छन् ।
१०,४१७ जनामा गरिएको परीक्षणमा २,१६९ जना संक्रमित भेटिएका हुन् । त्यस्तै थप १४३२ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार २२ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमित ९३६२ जनाको मृत्यु भएको छ ।
यो कुल संक्रमित संख्याको १.५ प्रतिशत हो । त्यस्तै निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।








