१२ श्रावण २०८१, शनिबार

अर्घाखाँचीको शितगंगाका पहिरो पीडितले वर्षदिन वित्दापनि राहत पाएनन्

प्रकाशित मिति :  10 July, 2021 5:37 pm


अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा गत बर्ष पहिरोले घरवार बिहिन भएकाहरूले अहिलेसम्म कुनै राहत नपाएको गुनासो गरेका छन् ।

केन्द्र सरकार , प्रदेश सरकारको प्रतिनिधीहरूले पटक पटक आश्वासन दिए पनि अझै राहत नपाएको उनीहरूको भनाई छ । शितगंगा नगरपालिकाले वडा नम्बर ११ र १२ का पहिरो प्रभावितलाई राहत स्वरुप हिजो केही नगद उपलब्ध गराएको छ ।

नगर प्रमुख सूर्यप्रसाद अधिकारीले पूर्ण क्षति भएकाहरूलाई तत्काल राहत स्वरुप २५ हजार तथा आंसिक क्षति भएकालाई प्रति पयिरवार १० हजार रुपैयाँ वितरण गरेका छन् ।

राहत वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले राज्यका अन्य विभिन्न निकायमा गत बर्षदेखि अनेकौ पहल गरे पनि सहयोग नभएको बताए । अप्ठेरोमा परेका जनताहरूलाई तत्काल भए पनि राहत दिने उदेश्यले नगरपालिकाको तर्फ बाट राहत बितरण गरेको अधिकारीले बताए ।

वडा नम्बर ११ का अध्यक्ष कपिल आलेले लामो समयसम्म पनि पीडितहरूले कुनै राहत पाउन नसकेको दुखेसो गरे । उनले केन्द्र तथा प्रदेश सरकारले त्रिपालमुनी मुनी बसिरहेका जनताको समस्या बुझन नसकेको टिप्पणी गरे ।

वडा नम्बर १२ का वडा अध्यक्ष बाबुराम गैरेले एक बर्षसम्म पीडितहरूको मर्म कसैले बुझ्न नसकेको भन्दै दुखेसो गरे । शितगंगा नगरपालिकामा गत बर्ष असोज ९ गते पहिरोले २ वटा गाँउ भासिएका थिए जसमा १०९ घरमा क्षति पुगेको थियो । पहिरोबाट २९ घर पूर्ण रुपमा क्षति भएका थिए ।

उनीहरूमध्ये कतिपय स्कुलमा बसिरहेका छन् भने कतिपय खुल्ला ठाउँमा त्रिपाल लगाएका बसेका छन् । कतिपय भने कपिलवस्तु झरेका छन् ।



प्रतिक्रिया दिनुहोस !