१२ श्रावण २०८१, शनिबार

नेकपा एमाले कार्यदलले सहमति सार्वजनिक गर्न सकेन,नेताहरुको प्रतिक्रिया,‘भोली पक्का’

प्रकाशित मिति :  10 July, 2021 6:34 pm


काठमाडौं । नेकपा एमालेभित्रको विवाद मिलाउन क्रियाशिल कार्यदलले आजै सहमतिको खाका सार्वजनिक गर्ने भनेपनि असफल भएको छ । सिंहदरबारमा आज भएको छलफलमा कार्यदलको बैठकले सहमति सार्वजनिक गर्न सकेन ।

नेपाल पक्षका नेता गोकर्ण विष्टले आफूहरु अन्तिम अवस्थामा आएपनि आज घोषणा गर्न नसकेको बताए । उनले भने,“ अब धेरै विषय छैनन्, आजै सुखद समाचार घोषणा त गर्न सकेनौ तर भोलीको दिन आम पार्टी पंक्तिका लाई सफलता सुनाउने गरी अन्तिम अवस्थामा आएका छौं ।”

उनले धेरै हदसम्म सहमतिका लागि अन्तिम अवस्थामा रहेको र औपचारिकता दिन मात्रै बाँकी रहेको बताए । नेता विष्टले पार्टीभित्रको विवाद समाधानका लागि एक दिन पर्खन आग्रह गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालबीच भएको छलफलले एकताको प्रयासलाई कुनै प्रभाव नपार्ने नेता विष्टको भनाई   थियो । नेता विष्टले नेकपा एमालेका शिर्ष नेताहरुबीच अविश्वासको दुरी घटेको दाबी गर्दै भोली सुखद समाचार घोषणा गर्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !