१२ श्रावण २०८१, शनिबार

हैटीका राष्ट्रपतिको हत्या गराउने संदिग्ध प्रमुख योजनाकार फ्लोरिडा बसेका डाक्टर पक्राउ

प्रकाशित मिति :  12 July, 2021 1:01 pm


काठमाडौ । हैटीका राष्ट्रपति जोभेनल मोइसेको हत्याको योजना बनाउने संदिग्ध प्रमुख योजनाकार पक्राउ परेका छन् ।

दशकौं सम्म अमेरिकाको फ्लोरिडा बसेका हैटीमा जन्म भएका डाक्टर ६३ वर्षीय क्रिस्टियन इम्मानुएल सानोनलाई प्रमुख योजनाकार भएको हुन सक्ने भनी पक्राउ गरिएको छ ।

यसै बिच अमेरिकाले घटनाको छानबिन गर्न अमेरिकाले एक विज्ञ टोली पठाएको छ ।

राष्ट्रपतिको हत्यामा संलग्न भएका अमेरिकाका यो तेस्रो व्यक्ति पक्राउ परेका हुन् ।

डाक्टर अमेरिकी नागरिकता लिएका छन् वा छैनन् त्यो तत्काल स्पस्ट भइसकेको छैन् । मेडिकल पेशा अपनाएर उनी फ्लोरिडामा २० वर्ष भन्दा बढी समयसम्म रहेको र विभिन्न किसिमको व्यवसाय उनको नाममा दर्ता रहेको पाइएको छ ।

प्रमुख प्रमुखका अनुसार डाक्टर जुनमा एक निजी विमान चढी हैटी आएका थिए । उनले निजी सुरक्षा कम्पनीसँग सम्पर्क गरी यस्ता काम गर्नेलाई भर्ना गरेका थिए ।

हैटीका राष्ट्रपतिको हत्यामा संलग्न रहेको आंशका गरी पक्राउ गर्नेहरूमा अधिकांश कम्बोडियाका पूर्व सैनिक जवानहरू रहेको पाइएको छ ।



प्रतिक्रिया दिनुहोस !