१२ श्रावण २०८१, शनिबार

जनसन एन्ड जनसनको खोपले प्यारालाइसिस निम्त्याउने अमेरिकी नियामकको चेतावनी

प्रकाशित मिति :  13 July, 2021 1:00 pm


काठमाडौ । अमेरिकाले नेपाललाई दिएको कोरोनभाइरस विरूद्ध जनसन एन्ड जनसनले बनाएको एक डोजले पुग्ने खोपले प्यारालाइसिस निम्त्याउने नशासम्बन्धी रोग लाग्न सक्ने भोजन तथा औषधि प्रशासन(एफडीए)ले चेतावनी दिएको छ ।

जनसन एन्ड जनसनको कोभिड खोपले नशासम्बन्धी दुर्लभ रोग ‘गिलन बा’ लाग्ने गरेको र त्यसले पक्षाघात हुन सक्ने एफडीएले जनाएको छ ।

वासिंटन पोस्टमा सार्वजनिक समााचार अनुसाार एक डोजले पुग्ने जनसन एन्ड जनसनको खोप लिएकाहरू मध्ये एफडीएले  जनाएकाे छ ।

गिलन बाका बिरामीका कारण अहिलेसम्म ९५ जनालाई अस्पताल भर्ना भएकाहरूमा अधिकांश ५० नाघेका पुरुषहरू रहेका छन् । मानसिक रोग गिलन बाबाट एक जनाको मृत्यु पनि भएको छ ।

यो खोप लिएकाहरूमा लिएको ६ साता पछि रोगका लक्ष्ण देखा पर्ने गरेको त्यहाँको रोग नियन्त्रता तथा रोकथाम केन्द्रले जनाएको छ।
जनसन एन्ड जनसनको खोप अमेरिकामा १ करोड १० लाखलाई दिइसकेको छ ।

जनसन एन्ड जनसनले खोपबाट यो रोग लागेमा समयमै उपचार गरे निको हुने जनाएको छ ।

जनसन एन्ड जनसनको खोप लिनेहरूमा रगत जम्ने समस्या उत्पन्न हुने भएका कारण अप्रिल महिनामा केही दिनसम्म स्थगित गरिएको थियो ।

सोमबारको सेयर बजारमा जनसन एन्ड जनसनको सेयर मूल्यमा घटेको थियो । यो चेतावनी सार्वजनिक हुन अघि १७१.१८ अमेरिकी डलर बराबरको मूल्य बजार बन्द हुने बेला १६९.४८ अमेरिकी डलरमा झरेको थियो ।

गिलन बाको लक्षण देखिए चिकित्सकलाई तत्काल सम्पर्क गर्न एफडीएले जनाएको छ । देखिन लक्षणहरूमा कमजोरी अनुभव हुनु, हात खुट्टा सुनिएको जस्तो हुने ,पिसाब नियन्त्रण गर्न कठिनाइ हुने ,आन्द्राको प्रक्रियामा समस्या हुने, दोहोरो देखिने , आँखा गतिविधिमा समस्या हुने , बोल्न, चपाउन वा निल्नमा समस्या हुने भइ अनुहारको गतिविधिमा समस्या हुने लक्षणहरू रहेको एफडीएले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !