२५ श्रावण २०७९, बुधबार

एकै जनाले कोरोनाको फरक फरक खोप लिनु खतरनाक

प्रकाशित मिति :  13 July, 2021 1:43 pm


काठमाडौ । केही दिन यता नेपाल सरकारले विभिन्न देशसँग विभिन्न खोप ल्याउन गरेको प्रयास अनुसार विभिन्न खोप आउन थालेको छ ।

तर खोप लगाउने समयमा दुवै खोप लिनु बढी लाभकारी हुने धारणा सार्वजनिक भइरहेको छ । तर कतिपय ठाउँमा फरक फmरक खोप लिने गरेको पाइएको छ ।

यस्तो विषयमा ठोस अध्ययन नभएपनि विज्ञहरूको प्रारम्भिक बुझाइमा फरक फरक खोप लिनु खतरनाक हुने देखिएको छ ।

कोरोनाभाइरस खोपका बारेमा यस्ता विभिन्न खाले चर्चा परिचर्चाको बिचमा विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले फरक फरक खोप लिनु स्वास्थ्यका लागि खतरनाक हुन सक्ने जनाएको छ ।

यसको असरका बारेमा थोरै डेटा उपलब्ध रहेको बताउँदै डब्लुएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनानले फरक फरक खोप लिनु खतरनाक हुने बताएकी छिन् ।

उनले भनिन्“यो एक खतरनाक चलन बन्दै गएको छ । फरक फरक खोप मिलाउने कुरो छ त्यसबारे हामीसँग धेरै वैज्ञानिक डेटा र प्रमााण छैन ।”

कहिले कुन खोप लिने त्यो तय गर्नुपर्ने हो अन्यथा अराजकताको स्थिति उत्पन्न हुने उनले चेतावनी दिइन् ।



प्रतिक्रिया दिनुहोस !