लुम्बिनी साँस्कृतिक नगरपालिकाका तत्कालीन खरिदार कुर्मी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
प्रकाशित मिति : 13 July, 2021 4:30 pm

काठमाडौं । लुम्बिनी साँस्कृतिक नगरपालिकाका तत्कालीन खरिदार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
नगर कार्यपालिकाको कार्यालयमा तत्कालीन सहायकस्तर चौंथो (खरिदार) पदमा कार्यरत सुग्रीम कुर्मीको शैक्षिक योग्यताको प्रमाण–पत्र नक्कली रहेको भन्दै आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
कुर्मीले श्री माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली (झुठ्ठा) शैक्षिक योग्यताको प्रमाण–पत्र पेश गरी सेवा प्रवेश गरेको तथा सोही प्रमाण–पत्रको आधारमा निज बढुवासमेत भएको अख्तियारको दाबी छ ।