१२ श्रावण २०८१, शनिबार

आइकाओद्वारा कतारमा दोहा उडान सूचना क्षेत्र तथा खोजी र उद्दार क्षेत्र स्थापना गर्ने प्रस्ताव अनुमोदन

प्रकाशित मिति :  14 July, 2021 1:37 pm


काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) काउन्सिलले दोहा उडान सूचना क्षेत्र (एफआईआर) र दोहा सर्च एण्ड रेस्क्यु क्षेत्र (एसआरआर) स्थापना गर्न कतार सरकारले गरेको प्रस्तावलाई सैदान्तिक सहमति प्रदान गरेको छ ।

आईकाओको सहमतिसंगै कतारले आफ्नो सार्वभौम एयरस्पेस र क्षेत्रीय एयरस्पेसको सुरक्षा र दक्षताका स्तरमा बृद्दि गर्नुका साथै उच्च समुद्री तटमा रहेको अन्य अन्तर्राष्ट्रिय एयरस्पेस समावेश गरी आफ्नो क्षमता बढाउंन पाउंने भएको छ । आईकाओ काउन्सिलको २ सय २३ औं बैठकले कतार सरकारको प्रस्तावलाई अनुमोदन गरेको हो ।

आईकाओले कतारले गरेको प्ररस्तावलाई शिकागो कन्भेन्शनले तय गरेको अनुच्छेद नम्बर एक तथा काउन्सिल महासभाको रिजोलुशन ४० को ४ ले दिएको अधिकार प्रयोग गरेर अनुमोदन गरेको जनाएको छ ।

यस प्रस्ताव मार्फत कतारले यस क्षेत्रकै हवाइ उडानलाई सुरक्षित तथा दिगो बनाउंने उद्देश्य लिएको छ । जसले विश्वकै हवाइ क्षकता विस्तार तथा विकास गर्न मद्दत पुग्ने विस्वास आईकाओले लिएको छ ।

यसको अलावा आईकाओले हवाइ उडान तथा हवाइ क्षेत्र सुरक्षित गर्ने विषयलाई देशहरूबीचको आपसी सम्बन्ध, सहकार्य तथा सम्मानमा समेत निर्भर रहने बताएको छ । साथै प्राविधिक रूपमा समेत ये प्रस्तावको परीक्षण गरिने कुराको विस्वास आईकाओले दिलाएको छ ।

कतार हवाइ उडान क्षेत्रको सुरक्षा, एयर ट्राफिक नियन्त्रण तथा सेवा सुविधा प्रदान गर्न सक्षम रहने वा नरहने विषयको जांच गरिने कुरा आईकाओले बताएको छ । साथै आईकाओले बहराइनले दशकौंदेखि सुरक्षित हवाइ उडान सञ्चालन गरिरहेको स्वीकार गरेको छ ।

आईकाओले बहराइन र कतार संगसंगै अन्य छिमेकी राष्ट्रलाई बार्ता र सहकार्यको माध्यमबाट हवाइ क्षेत्र सुरक्षामा सजक रहन आह्वान गरेको छ ।
कतार सरकारले आईकाओमा सदस्य रहेका सबै राष्ट्रहरूको असाधारण सहयोगका कारण कतारले हिम्मत गर्न सकेको बताएको छ ।

माननीय यातायात तथा संचार मन्त्री जासिम विन सैफ अलसुलैतीले कतारके प्रस्तावमा कतार मात्रै नभएर गल्फ राज्यहरूकै फाइदा रहेको बताएका छन् । उनले कतारले शिकागो सहमति तथा आईकाओ काउंन्सिल रजेलुशनको सम्मान गर्दै हवाइ क्षेत्र सुचना तथा खोजी र उद्दार क्षेत्र स्थापना कार्यलाई प्राथमिकता दिने बताए ।

 



प्रतिक्रिया दिनुहोस !