१२ श्रावण २०८१, शनिबार

पाकिस्तान अफगानिस्तान बिचको दोस्रो ठूलो सीमा नाका तलिबानको कब्जामा

प्रकाशित मिति :  14 July, 2021 6:53 pm


काठमाडौ । अफगानिस्तानको तलिबान विद्रोहीहरूले पाकिस्तान सीमामा आफ्नो झण्डा फराएका छन् ।

अफगानिस्तान र पाकिस्तान बिचको महत्वपूर्ण यो सीमा अब तलिबान विद्रोहीहरूको नियन्त्रणमा पुगेको उनीहरूले दाबी गरेका छन् ।

कान्दाहार नजिकबाट प्रवेश गरिने सीमामा उनीहरूले झण्डा फहराएको भिडियो साझा गरिएका छन् ।

तर अफगानी अधिकारीहरूले तलिबानीहरूले दाबीलाई इन्कार गरेका छन् । तर सामाजिक सञ्जालमा साझा गरिएका तस्विरमाा पाकिस्तानी सीमा रक्षकहरूसँग लडाकुहरूले गफ गरिरहेको देखिन्छन् ।

हालका साताहरूमा लडाकुहरूले अफगानिस्तानका क्षेत्रहरूलाई आफ्नो नियन्त्रणमा लिने कामलाई बढाउँदै लगेका छन् ।

इरान, ताजिकिस्तान र तुर्कमेनिस्तानलगायतका सीमामाा पनि तलिबानहरूले कब्जा गरि बसेका छन् ।

अमेरिकाले अफगानिस्तानबाट सेप्टेम्बर ११ अघि सेना फिर्ता गर्ने घोषणा गरेयता तलिबानले क्षेत्र कब्जा गर्ने गतिमा तीव्रता दिएका छन् ।

कान्दाहार प्रान्तको स्पिन बोल्दक शहरको अर्को तर्फ पाकिस्तानमा चमन शहर रहेको छ । अफगानिस्तान र पाकिस्तान बिच प्रवेश गर्ने यो दोस्रो ठूलो सीमा नाका हो ।

कान्दाहारबाट पाकिस्तानमा दैनिक ९सय ट्रक जाने गरेको बीबीसीले सार्वजनिक गरेको समााचारमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !