१६ चैत्र २०८०, शुक्रबार

जिल्ला प्रहरी कार्यालय रोल्पा नयाँ भवनमा

प्रकाशित मिति :  23 January, 2020 8:43 pm


रोल्पा, ९ माघ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाको नयाँ भवन निर्माण सम्पन्न भएको छ। ३ करोड ७५ लाख ५१ हजार लागतमा निर्मित भवनको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गर्नु भएको छ ।

भवन निर्माणका लागि मंसिर २०७५ मंसिर १६ गते मा सम्झौता भएको थियो। कुल ६ हजार १ सय २४ वर्गफिट क्षेत्रफल रहेको कार्यालय भवनमा १९ वटा कोठा छन् । उत्घाटनसँगै जिल्ला प्रहरी कार्यालयले औपचारिक रुपमा नयाँ भवनबाट सेवा दिन थालेको छ।

उद्घाटन कार्यक्रममा बोल्दै खनालले भवन निर्माण प्रहरीको हालको नेतृत्वको प्राथमिकतामा रहेको बताउनु भयो। सामुदाय प्रहरी सहकार्यले नै अनुशासित समाजको निर्माण हुने भएकाले सहकार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।



प्रतिक्रिया दिनुहोस !