२ भाद्र २०७९, बिहिबार

बाढीले घरहरू भत्काउँदा जर्मनीमा ६जनाको मृत्यु ३० बेपत्ता

प्रकाशित मिति :  15 July, 2021 2:29 pm


काठमाडौ । जर्मनीमा बाढीले घर भत्काउँदा दुई दिनमा ६ जनाको मृत्यु भएको छ भने ३० जना हराइरहेका छन् ।

ती मध्ये ४ जनाको बिहीबार मृत्यु भएको छ । पश्चिम जर्मनीमाा आएको बाढीले कम्तीमा ६ घर भत्काइदिएको छ ।

मदिरा उत्पादन गर्ने केन्द्रको रुपमा रहेको दक्षिण बोनस्थित अरवेइलरमा ४ जनाको मृत्यु भएको र ३० जना हराइरहेका छन् ।

राइन नदीमा जाने अर नदीमा बढी आएको हो ।

नदीका किनारमा रहेका घरहरूलाई बाढीलाई बगाइ लगेको रोयटर्सले आफ्नो समाचारमा जनाएको छ ।

त्यो क्षेत्रमा जोखिम बढेकाले मानिसहरू घरका छानाहरूमा बस्न पुगेका छन् ।

प्रहरी प्रवक्ताले उद्धारकर्मीहरूले फसेकाहरूको उद्धार गरिरहेको बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !