१२ श्रावण २०८१, शनिबार

प्रधानमन्त्री देउवा र चिनियाँ राजदूत बिच भेटवार्ता

प्रकाशित मिति :  16 July, 2021 3:25 pm


काठमाडौ । प्रधानमन्त्री शेर बहादुर देउवाले चीनसँगको बलियो सम्बन्ध बनाउन आफू प्रतिरक्षारत रहेको बताएका छन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँगको भेटवार्तामा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

चिनियाँ राजदूत होउ देउवालाई उहाँका कार्यकक्षमा भेट गरेकी हुन् ।

दुवै देश बिचको सम्बन्ध थप सुधारबारे छलफल भएको अपेक्षा गरिएको छ ।

देउवाको ट्वीटर ह्यान्डलबाट चिनियाँ राजदूत होउसँग शुक्रबार भेटघाट भएको फोटो सार्वजनिक गरिएको छ ।

यसअघि देउवाले नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी र भारतका राजदूत विनयमोहन क्वात्रासँग भेटघाट गरेका थिए ।

राजदूतहरूले उनको कार्यकाल सफल हुने र दुई देश बिचको सम्बन्धमा थप सुधार हुने अपेक्षा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !