१२ श्रावण २०८१, शनिबार

इरानमा ५० वर्षयताकै सर्वाधिक खराब खडेरी, जनता पानी माग्दै सडकमा

प्रकाशित मिति :  16 July, 2021 3:57 pm


काठमाडौ । इरानमा ५० वर्षयताकै सर्वाधिक खडेरी परेका बेला त्यहाँका जनता पानी माग्दै सडक प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले अबेर रातिदेखि बिहानसम्म पानी माग्दै दक्षिण पश्चिम इरानमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘ हामी तिर्खायौं । हामी पानी चाहन्छौं ।’ नारा लगाएका थिए ।

प्रदर्शनकारीहरूले पानी माग्दै सडकमा टायर बालेका थिए ।

इरानका महशार, कुट अब्दुला, कोरामशर र मोलासानीमा प्रदर्शन गरिएका छन् ।

इरानका दक्षिण पूर्वमा ५० देखि ८५ प्रतिशतसम्म वर्षामा कमी आएको छ ।

पेट्रोलियम पदार्थको धनी इरानको सीमासँग जोडिएको दक्षिणपश्चिम प्रान्त कुजेस्तानमा तापक्रम ५० डिग्री सेल्सियस पुगेको बेला इनार कुवा सबै सुकेपछि पानीका अभाव उत्पन्न भएको हो ।



प्रतिक्रिया दिनुहोस !