२३ श्रावण २०७९, सोमबार

नेपालकै पहिलो रोटरी ‘ई–क्लब’को नयाँ निर्देशक परिषद् गठन, अध्यक्षमा महर्जन

प्रकाशित मिति :  18 July, 2021 2:31 pm


काठमाडौं । नेपालकै पहिलो र विश्वको १ सय १३ औं रोटरी ‘ई-क्लब’ मा नयाँ नेतृत्व चयन गरिएको छ । रोटरी ई-क्लब अफ नेपाल, डिस्ट्रिकट ३२९२ ले रोटेरीयन अरविन्द्र कुमार महर्जनको नेतृत्वमा निर्देशक परिषद गठन गरेको हो ।

रोटरी ई(क्लब अफ नेपालले विविध कार्यक्रम गर्दै नवौं प्रतिस्थापन दिवस मनाएको छ । रोटरी डिस्ट्रिकट ३२९२ का गभर्नर रोटेरीयन सन्तोष प्रसाद रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमकाबीच रोटरी ई-क्लब अफ नेपाल, डिस्ट्रिकट ३२९२ ले स्थापना गरेको रोटर्याक्ट क्लब अफ मेट्रोपोलिसले आफ्नो क्लबको छैठौं अध्यक्षको सपथ ग्रहणको कार्यक्रमसंगै क्लबको छैठौँ प्रतिस्थापन वर्षसमेत मनाइएको छ ।

रोटरी र्ई क्लबमा रोटेरीयन सुरज महर्जन, पुर्व अध्यक्ष (२०२०-२०२१), रोटेरीयन रोशन महर्जन, आगामी वर्षको अध्यक्ष (२०२२-२०२३), रोटेरीयन कुसुम तामांग पौड्याल, मनोनित अध्यक्ष (२०२३-२०२४), रोटेरीयन राज श्रेष्ठ, उपाध्यक्ष, रोटेरीयन रविन मान बज्राचार्य, सचिव, रोटेरीयन युगल बज्राचार्य, कोषाध्यक्ष, रोटेरीयन संजीव उदास, निर्देशक (प्रशासन), रोटेरीयन दिपेन्द्र तन्डुकार, निर्देशक (दि रोटरी फाउन्डेसन (टी आर एफ), रोटेरीयन निरन्जन श्रेष्ठ, निर्देशक (जन-सम्पर्क), रोटेरीयन सुनिल डंगोल, निर्देशक (सदस्यता),रोटेरीयन महेश बज्राचार्य, क्लब प्रशिक्षक, रोटेरीयन रबिन्द्र महर्जन, सुचना संचार तथा प्रविधि, रोटेरीयन कन्चन तामांग, सम्पादक रहेका छन् भने रोटेरीयन अनिल श्रेष्ठ, संस्थापक अध्यक्ष र रोटेरीयन उत्तम पौड्याल, सर्जेन्ट ईंन आर्म (अनुशासन) चयन भएका छन् ।

क्लबले सामाजिक सेवाको क्षेत्रमा विभिन्न कामहरु गर्दै आईरहेको छ । वि।सं। २०७२ सालको भूकम्पमा यस क्लबले पुनस्निर्माण र राहतमा विशेष भूमिका खेले(बापत अन्तरास्ट्रिय रोटरीबाट “विशेष पुरस्कार” प्राप्त गरेको थियो। क्लबले काभ्रेको दल्सिंगे, भक्तपुरको अनन्त लिंगेश्वर र ललितपुरका विभिन्न स्थानहरुमा अस्थायी बसोबासको व्यवस्था तथा स्वास्थ्य केन्द्रको स्थापना गरेको छ ।

शिक्षा विकासमा टेवा पुगोस भन्ने उद्देस्यले विभिन्न सरकारी विद्यालयहरुमा स्कुल ब्याग, स्व।जया लक्ष्मी हाडा स्मृति छात्रवृत्ति आदिबाट आर्थिक सहयोगहरु पनि प्रदान गर्दै आईरहेको छ। समय(समयमा स्वास्थ्य क्याम्पहरुको आयोजना गर्दै स्वास्थ्यको क्षेत्रमा पनि यस क्लब सहभागी हुँदै आईरहेको छ।

रोटरी ई-क्लब अफ नेपाल, डिस्ट्रिकट ३२९२ को सहभागिता मा पोलियो उन्मुलन, वृक्षा-रोपण, व्हील-चेयर सहयोग तथा वितरण, स्वच्छ पिउने पानी, विद्यालयहरुमा “हात धुने” कार्यक्रम, मानसिक स्वास्थ्य, बाल यौन दुर्व्यवहार विरुद्ध शिक्षा तथा सचेतनाका कार्यक्रम, विपतमा राहत तथा “फोहोर रहित ललितपुर” लगायतका कार्यक्रम संचालन गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !