नेकपाका नेता वीरजंग अस्वस्थ भएपछि अस्पताल भर्ना
प्रकाशित मिति : 18 July, 2021 2:28 pm

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र बहादुर चन्द ‘वीरजङ’ अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
पार्टी प्रतिबन्ध लागेसंगै दाङबाट पक्राउ परेका चन्द लामो समय जेल र हिरासत बसेकाले स्वास्थ अवस्था बिग्रिएकोको छ ।
उनका भाई तथा खेदकुद महासंघका अध्यक्ष जयन्द्र चन्दले राजनीति प्रतिकुलतासंगै लामोसमयसम्म जेलमा बसेर रिहा भएपछि उपचारका लागि सिभिल अस्पताल काठमाडौंमा भर्ना भएको जानकारी दिए ।
उनलाई गएराती अस्पतालमा भर्ना गरिएको हो ।