गैरआवासीय नेपाली संघ केन्याको पाचौ राष्ट्रिय अधिवेशन सम्पन्न, कार्यसमिति निर्विरोध चयन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए ) केन्याको पाचौ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।
राजधानी नैरोबी स्थित माया रेस्टुरेस्टको हलमा भएको अधिवेशनबाट निर्विरोध रुपमा कार्यसमिति चयन भएको छ ।
अधिवेशनबाट आइसिसि सदस्यमा टिका धिताल, अध्यक्षमा कृष्णप्रसाद गैरे,उपाध्यक्षमा सिवलाल अधिकारी,महिला उपाध्यक्षमा लक्ष्मी बुलन,महासचिवमा यज्ञमणि रेग्मी (भरत),सचिवमा सुरेस मोर,कोषाध्यक्षमा रवि जैन,महिला संयोजकमा मिरा गिरी,युवा संयोजकमा कमल अधिकारी चयन भएका छन् ।
त्यस्तै कार्यकारिणी सदस्यमा विष्णु भुसाल, गणेश कामी,प्रभाकर भन्डारी,राजन अधिकारी,राजेस पाठक,रेवत श्रेष्ठ र लक्ष्मण गैरे निर्विरोध निर्वाचित भएका छन् ।
कार्यसमितिको पहिलो बैठकले २०२१–२०२३ को लागि संरक्षक र सल्लाहकार गठन गरेको छ । संरक्षकमा कुल बहादुर कार्की र उदय प्रकास हाडा तथा सल्लाहकारमा खेम पौडेल , कृष्ण दत्त भट्ट र यादव काफ्ले रहेका एनआरएनएका पूर्व कोषाध्यक्ष हिकमत थापाले जानकारी दिएका छन् ।