२ भाद्र २०७९, बिहिबार

धरानमा प्रतिबन्धित औषधीसहित एक पक्राउ

प्रकाशित मिति :  21 July, 2021 12:12 pm


धरान । सुनसरीकाे धरान उपमहानगरपालिका वडा नं.  ८ स्थित तीनकुनेबाट प्रतिबन्धित औषधीसहित एक पक्राउ परेका छन् ।

धरान १६ का १९ बर्षीय कुमार तामाङ प्रतिबन्धित औषधी Spaspain – १५०० ट्याव्लेट र Tramol-50 -१५०० ट्याव्लेट सहित पक्राउ परेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएकाे छ ।

मंगलबार राती पक्राउ परेका तामाङमाथि ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको जनाइएकाे छ ।



प्रतिक्रिया दिनुहोस !