२३ श्रावण २०७९, सोमबार

पत्रकार बिभु श्रेष्ठ र बिभा थापामाथि दुव्र्यवहार भएको भन्दै महासंघको ध्यानकर्षण

प्रकाशित मिति :  23 July, 2021 5:36 pm


काठमाडौं । मेरोखेल डटकमका सम्पादक बिभु श्रेष्ठ र खेल पत्रकार बिभा थापालाई समाचार संकलनको क्रममा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुव्र्यवहार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हिजो एन्फा मुख्यालय सातदोबाटोमा राष्ट्रिय टिमको प्रशिक्षणका क्रममा सार्वजनिक स्थानमा गरिएको धुम्रपानको विषयमा प्रश्न सोधिएका बेला प्रशिक्षक अलमुताइरीले पत्रकारद्वयलाई दुव्र्यवहार गरेको महासंघको भनाई छ ।

महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“नागरिकलाई सुसूचित गर्ने पेशागत कर्म निर्वाहमा जुटेका पत्रकारमाथि राष्ट्रिय टिमकोे जिम्मेवार व्यक्तिबाट भएको यो कार्य आफैंमा निन्दनीय हुनुका साथै प्रेसको स्वतन्त्रतामाथि आघात पुगेको छ । महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता कार्य नदोर्‍याउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ ।”



प्रतिक्रिया दिनुहोस !