२ भाद्र २०७९, बिहिबार

अर्घाखाँचीमा अरिंगालको टोकाइबाट दुई महिला घाईते

प्रकाशित मिति :  28 July, 2021 7:41 am


अर्घाखाँची । अरिंगालको टोकाइबाट अर्घाखाँचीमा दुई महिला गम्भीर घाइते भएका छन् ।

घर नजिकै बारीमा घाँस काट्ने क्रममा अरिंगालले टोक्दा भूमिकास्थान नगरपालिका वडा नं. ५ असुरकोट निवासी नविना थापा र गिता राना गम्भिर घाइते भएका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सहजो साँझ ६ बजे उपचारको लागि जिल्ला अस्पताल अर्घाखाँची ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि बुटवल रिफर गरिएको छ । दुवैजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !