७ बैशाख २०८१, शुक्रबार

पश्चिमा विरूद्ध सुरु भइसकेको शीतयुद्ध रुस र चीनले जित्ने रुसी विज्ञको दाबी

प्रकाशित मिति :  31 July, 2021 4:51 pm


काठमाडौ । सोभियत संघले पहिलो शीतयुद्ध गुमाएको भएपनि अमेरिकासँग सुरु भइसकेको अर्को शीतयुद्ध रुसले जित्न अग्रता लिइरहेको रुसका चर्चित विद्वान सेर्जेइकारागानोभले बताएका छन् ।

उनले सोभियत संघको तुलनामा रुस धेरै बलियो र पश्चिमा शक्ति कमजोर भएको जनाए ।

रुसको विदेश नीतिको शीर्ष सिद्धान्तकारको रूपमा दशकौंसम्म काम गरी अुनभव सँगालेका र राष्ट्रपति भ्लादिमिर पुटिनलाई विगतमा सल्लाह दिइसकेका कारागानोभले निकट छिमेकका देशहरूमा रुसी जातिजनजातिको मानवअधिकारको रक्षकको रूपमा काम गर्नुपर्ने कुरोमा मस्कोको सरकारले ध्यान दिनुपर्ने बताए ।

मस्कोको एक प्रतिष्ठित विश्वविद्यालयमा द वल्र्ड इकोनामि एन्ड इन्टरनेसनल अफेयर्सको प्रमुख भइ काम गरिरहेका प्रोफेसरले
सुरु भइसकेको शीतयुद्धमा रुस जित्ने कारणमा चीन अहिले रुसकाो पक्षमा रहेको उनले जनाए । चीन रुसको एक रणनीतिक स्रोतको रूपमा सहयोग गर्ने अवस्थामा रहेकाले पहिलो कारण हो । दोस्रो कारण सोभियतसंघको बेला अहिले रुस बढी समृद्ध छ र विगतको तुलनामा पश्चिमा देशहरू कमजोर छ ।

तेस्रो सोभियत संघले लिने गरेको भार रुसले नलिएकाले जित्ने सम्भावना रहेके उनले जनाए ।आफूलाई खाद्यान्नको अभाव भएपनि आधा विश्वलाई खाद्यान्नको व्यवस्था गर्ने चिन्ता सोभियत संघले लिने गरेको जस्तो रुसको अवस्था अहिले छैन् । जब चीनको कुरा आउँछ भने चीनसँग रुसको आधा गठबन्धनको सम्बन्ध छ ।

यसका अतिरिक्त रुसको निकटतम सम्बन्ध अरबका देशका साथै इरान, इन्डिया र हंगरी र अस्ट्रिया जस्ता युरोपियन युनियनका देशहरूसँग सम्बनध रहेको छ ।



प्रतिक्रिया दिनुहोस !