१५ चैत्र २०८०, बिहिबार

म्यानमारको सैनिक शासकले बहुदलीय निर्वाचन गराउने प्रतिबद्धता जनाए

प्रकाशित मिति :  1 August, 2021 3:32 pm


काठमाडौं । म्यानमारको सैनिक शासक मिन आङ हलियाङले आइतबार बहुदलीय निर्वाचन प्रणाली अनुसार नयाँ निर्वाचन गराउने प्रतिबद्धता गरेका छन् ।

साथै उनले दक्षिण पूर्वेली देशहरूको संगठन आसिआनसँग मिलेर काम गर्न आफू तयार रहेको बताएका छन् ।

सेनाले सत्ता कब्जा लिएको ६ महिना पछि पहिलो पटक टेलिभिजन सम्बोधनमा म्यानमारका सैनिक शासक मिनले यस्तो बताएका हुन् ।

नोबेल शान्ति पुरस्कारबाट सम्मानित लोकतान्त्रिक नेता आङ सान सु कीको सत्ताधारी पार्टीको सरकारलाई अपदस्थ गरी निर्वाचनमा धाँधली भएको भन्दै सपथ अघि सदन विघटन गरी म्यानमारको सेनाले सत्ता कब्जा गरेयता भएको आन्दोलनाई शासक मिनले चरमपन्थीको हिंसात्मक गतिविधि भनेर टिप्पणीग गरेका हुन् ।

म्यानमारस्थित आसिआनका विशेषदूतहरूसँग मिलेर काम गर्न म्यानमार मिलेर काम गर्न तयार रहेको उनले जनाए ।आसिआनका विदेशमन्त्रीहरूको सोमबाार बैठक हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस !