१५ चैत्र २०८०, बिहिबार

एनआरएनए तान्जानियामा पुष्पराज भट्टराई पुनः अध्यक्ष निर्वाचित

प्रकाशित मिति :  1 August, 2021 6:06 pm


दार– ए – सलाम । गैरआवासीय नेपाली सङ्घ , राष्ट्रिय समन्वय समिति तान्जानियामा दोश्रो कार्यकालका लागि पुष्पराज भट्टराई पुन : अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्षमा पासाङ शेर्पा ( आरुषा ), बिनोद पटेल ( दार एस सलाम) र नारायण प्रसाद अर्याल ( जान्जीबार ) पनि निर्विरोध निर्वाचित भएका छन् भने महासचिवमा नविन पंडित, सचिवमा राम चौधरी, कोषाध्यक्षमा गोपाल रन्जन, सह– कोषाध्यक्षमा सन्तोष उदास, युवा संयोजकमा कृष्णबहादुर सुनार, महिला संयोजकमा सपना ढकाल र कार्यकारी सदस्यमा महेश गिरी , सिलम कुमारी, किसन दमाई र थानेश्वर दर्जी चयन भएका छन् ।

त्यसैगरी सल्लाहकारमा प्रेम प्रसाद गुरुङ्ग र संरक्षकमा पूर्व अध्यक्ष भिमसेन क्षेत्रीलाई चयन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !