१७ बैशाख २०८१, सोमबार

झापामा ब्राउन सुगर सहित दुई युवती पक्राउ

प्रकाशित मिति :  8 August, 2021 12:53 pm


झापा । झापा जिल्लाको गौरिगंज गाउँ पालिका वडा नं. ४ स्थित कदमगाछी बाट लागू औषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक नगरपालिका १ की ३४ बर्षीया मञ्‍जु धिमाल र २५ बर्षीया बिमला धिमाल रहेका छन् ।

सनिवार राती ९ बजे सीमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले पक्राउ परेका युवतीबाट ४४ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर  बरामत गरेकाे हाे ।

उनिहरुलाई ईलाका प्रहरी कार्यालय गौरीगंजमा राखेर थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !