१४ बैशाख २०८१, शुक्रबार

गच्छादारको बचाउमा नेविसंघ र तरुणदललाई सडकमा उतार्दै कांग्रेस

प्रकाशित मिति :  6 February, 2020 8:19 pm


काठमाडौं । नेपाली कांग्रेसले बालुवाटारको जग्गा प्रकरणमा मुछिएका उपसभापति विजयकुमार गच्छादारको बचाउमा सडक तताउने भएको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा पार्टी उपसभापति गच्छदारमाथि विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेस आक्रोशित बनेको हो ।

बिहिबार बसेको कांग्रेस पदाधिकारी बैठकले गच्छादारलाई जोगाउन नेपाल विद्यार्थी संघ र तरुण दललाई आन्दोलनको घोषणा गर्न लगाउने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । विहीबार ३ बजे भ्रातृ संगठनका पदाधिकारीसहितको बैठक राखी आन्दोलनका कार्यक्रम घोषणाको तयारी गर्ने निर्णय भएको बताइएको छ ।

बुधबार गच्छदारसहित १७५ जनाविरुद्ध बुधबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोगपत्र दायर गरेको थियो । भूमिसुधार मन्त्री हुँदा गच्छादारले उक्त जग्गा व्यक्तिका नाममा बेच्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको उनीमाथि आरोप छ ।



प्रतिक्रिया दिनुहोस !