१६ बैशाख २०८१, आइतबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले लिए विश्वासको मत, ४३ जनाकाे मतदानमा ४२ मत प्राप्त

प्रकाशित मिति :  23 August, 2021 5:23 pm


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिएका छन् ।

लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री केसीले प्रस्तुत गरेको विश्वासको प्रस्तावकाे समर्थनमा उपस्थित कुल ४३ जना मध्ये ४२ मत परेको छ । तटस्थ एक मत रहेको छ ।

प्रदेश सभा कुल सदस्य संख्या ८० रहेकाे छ । बहुमतले स्वीकृत भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी गराएका छन् ।

एमालेका सांसद भने मतदानमा सहभागी भएनन् । प्रदेश सभा एमालेले विरोध गरेका कारण पटक पटक स्थाति भएको थियो ।

मतदान हुन अघि प्रदेश सभामा मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले विकासको गतिलाई बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।
उनले प्रमुख प्रतिपक्षी दलका नेतालाई विधि प्रक्रियाप्रति सम्मान गर्न आग्रह गरेका थिए ।

लुम्बिनी प्रदेशलाई आत्मनिर्भर प्रदेश बनाउन हामीले महत्व दिएको र त्यस अनुसार आफ्नो सरकार अघि बढने प्रतिबद्धता मुख्यमन्त्री केसीले बताएका छन् ।

मुख्यमन्त्री केसीले बोल्नु अघि एमालेले अजय शाही र विमला कुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह पूरा गर्न सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि प्रदेश सभा बैठक अवरूद्ध पारिएकाे हाे ।

मुख्यमन्त्री केसीले प्रदेशका सबै नागरिकलाइ खाेपकाे सुविधा सरकारकाे प्रमुख प्राथमिता रहेकाले र अघिल्लाे सरकारले ल्याएका कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्रीले विश्वास मत लिँदै, समृद्ध प्रदेश बनाउने प्रतिवद्धता



प्रतिक्रिया दिनुहोस !