रोटरी क्लव अफ कपनको सहयोगमा खाद्यान्न वितरण कार्यक्रम
काठमाडौं । रोटरी क्लव अफ कपनको सहयोगमा ललितपुरको कसुन्तीमा खाद्य सामग्री वितरण गरिएको छ । सोमबार क्लवले कुसुन्तीस्थित मनोरोगीको हेरचाह गर्ने संस्था नेपाल स्नेही काखलाई सहयोग हस्तान्तरण गरेको हो ।
संस्थामा आश्रय लिएर बसेकाहरुलाई लक्षित गरी चामल, दाल, तेल, चाउचाउ, विस्कुट, चिनी, चियापत्ती, नुन, भुजा, मसला लगायतका खाद्यान्न वितरण गरिएको हो ।
संस्थाले हाल महिला, पुरुष र बालबालिका गरी ७७ जनाको स्याहार सुसार गरिरहेको संचालिका तथा युवा समाजसेवी श्नीनेहा पोखरेलले बताइन् ।
सहयोग हस्तान्तरण कार्यक्रमा क्लवका अध्यक्ष तेज रोक्का, ललितपुर महानगरपालिकाकी उपमेयर गिता सत्याल, क्लवका निवर्तमान अध्यक्ष शिवहरी खनाल, पूर्व अध्यक्ष तथा तारकेश्वर नगरपालिका वडा नं. ८ का अध्यक्ष मनोज कुमा घिमिरे लगायत उपस्थिति रहेको थियो ।
सोमबार नै क्लवका पदाधिकारीहरु क्लवकी उपाध्यक्ष (मेजर डोनर) सुचिता काफ्लेको घरमा पुगेर उनकी आमा नारायणी काफ्लेको निधनमा शोक व्यक्त गरेको दाहालले बताए ।
उपाध्यक्ष काफ्लेकी आमाप्रति समर्पित भएर क्लवले साेमबारकाे साे सहयाेग गरेकाे क्लवका सचिव प्रह्लाद दाहालले बताए । क्लवले नियमित रुपमा यस्ता सामाजिक कार्यमा सक्रियतापूर्वक कार्य गरिरहेको उनले बताए ।








