१८ बैशाख २०८१, मंगलबार

रासायनिक मल सहजरुपमा उपलब्ध गराउन किसान आयोगको ध्यानाकर्षण

प्रकाशित मिति :  26 August, 2021 12:24 pm


काठमाडौं । कृषकहरुले रासायनिक मल सहजरुपले नपाएको गुनासो प्रति राष्ट्रिय किसान आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

हाल धानबाली लगायत अन्य बालीमा रासायनिक मल अभाव भएको राष्ट्रिय आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा रासायनिक मलको माग बढेको तर सहजरुपमा उपलब्ध नभएकोले सहज वातावरण बनाउन नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सम्बन्धित निकायलाई अनुरोध गरिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !