१२ श्रावण २०८१, शनिबार

त्रिभुवन विमानस्थलमा आगलागी

प्रकाशित मिति :  10 February, 2020 9:37 pm


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ । सोमबार साँझ भएको आगलागीपछि विमानस्थलमा उडान अवतरण ठप्प भएको छ।

विमानस्थलको डिपार्चरतर्फको भागमा रहेको कफीसपमा आगलागी हुँदा विमानस्थल बन्द भएको टावरले जानकारी दिएको छ।
अध्यागमन पास गरेर जहाज चढ्न जानुअघि यात्रु बस्ने कोठासँगै जोडिएको कफीसपमा विद्युत सर्ट हुँदा आगलागी भएको विमानस्थल स्रोतले जनाएको छ ।
विमानस्थल बन्द भएपछि काठमाडौं विमानस्थलमा अवतरणका लागि आएका जहाज आकाशमै होल्डमा परेका छन्।

आगलागी नियन्त्रण भएपछि विमानस्थलले सेफ्टी अडिट गरेपछि मात्र विमानस्थल पुनस्सञ्चालन हुने छ।



प्रतिक्रिया दिनुहोस !