झापामा ब्राउन सुगरसहित तीन पक्राउ
प्रकाशित मिति : 1 September, 2021 4:11 pm
झापा । झापा अर्जुनधारा-४ मदनपुर बाट लागु औषध खैरो हेरोईन ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा-२ का १८ बर्षीय एबिट बुढाथोकी, ३० बर्षीय सजित समाल र अर्जुनधारा-३ का २६ बर्षीय सौगात खतिवडा रहेका छन् ।
उनीहरुलाई बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा बाट खटिएको प्रहरी टोलीले बुधबार ७ ग्राम खैरो हेरोईन ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
साथै उनीहरुको साथबाट नगद ४९ हजार ५ सय रुपैया समेत फेला पारी बरामद गरिएको छ । पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा लागु औषध मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।








