५ जेष्ठ २०८१, शनिबार

भिडियो गेमको फुटेजलाई पाकिस्तानले पञ्जशिरमा हवाई आक्रमण गरेकाे फुटेज भन्दै ‘फेक न्युज’ प्रशारण गर्दै भारतीय मिडिया

प्रकाशित मिति :  7 September, 2021 3:36 pm


काठमाडौं । भिडियो गेमको फुटेजलाई पाकिस्तानले अफगानिस्तानको पञ्जशिर उपत्यकामा हवाई आक्रमण गरेको भन्दै भारतीय मिडियाहरूले समाचार प्रशारण गरिरेहेका छन् । निरन्तर देखाइदै आएकाे भिडियाे फुटेज फेक भएकाे पाइएकाे हाे ।

इन्डिया टुडे, रिपब्लिक टीभी, टाइम्स नाउ नवभारत र जी न्युजले भिडियो गेमको फुटेजलाई उपयोग गरी पाकिस्तानले पञ्जशिरमा पाकिस्तानले तालिबानलाई सहयोग पुग्ने गरी आक्रमण गरेको समाचार प्रसारण गरेको खुलेको छ । रिपब्लिक टीभीले एक्लुक्सिभ भनेर चलाएको फुटेज हस्ती टीभीबाट लिएको हो ।

तालिबानको प्रतिरोधी मोर्चा सम्हालेकाहरूको विरोधमा पाकिस्तानी सेनाले हवाई हमला गरेको जनाएको छ । रिपब्लिक टीभीको पदचिन्ह पछ्याउँदै हिन्दी न्युज च्यानल टाइम्स नाउ नवभारत र जी हिन्दुतानले उही फुटेज चलाइरहेका छन् ।

सत्यखोज गर्ने वेबसाइट ‘बुम’ले त्यसको परीक्षण गरेको छ । बुमको परीक्षणमा त्यो फुटेज पहिले हस्ती टीभीबाट लिइएको पाइएका छ । हस्ती टीभीले बेलायतमा रहेको एक अफगानी टीभीको रूपमा रहेको आफूलाई दाबी गर्छ ।

भारतका ती गोदी मिडियाको रूपमा चिनिएका टेलिभिजनले यो भिडियो आफूले पञ्जशिरबाट भरखर प्राप्त गरेको दाबी गरेका छन् । भिडियो वास्तवमा अर्मा थ्री नामक भिडियो गेमबाट लिइएको रहेको छ।

इन्डिया टुडेले ठिक यहीबेला वेल्समा उडिरहेको अमेरिकाको एफ–१५ जेट विमानको पुरानो भिडियोलाई पाकिस्तानको लडाकु विमानको पहिलो भिजुअल पञ्जशिर आकाशमा उडेको भनी दाबी गरेको छ ।यो भिडियो बारेमाा प्रस्तोता एंकरले यो पाकिस्तानको पूर्णरूपमा अफगानिस्तानमााथि आक्रमण भएको भनी जनाउँछ ।

इन्डिया टुडेले अमेरिकी विमान एफ – १६ लडाकु विमान फाल्कन अमेरिकाको अरिजोनमा नियमित उडान अभ्यासको क्रममा दुर्घटनागस्त भइ तल झरिरहेको भिडियोलाई पञ्जशिरमा त्यहाँको तालिबान विरोधीहरूले मारहानी खसाएको पाकिस्तानी विमान भनी जनाएको छ ।

टीभी च्यानलले अफगानिस्तानको राष्ट्रिय प्रतिरोध मोर्चाका नेता अहमद मसुदद्वारा ट्वीट गरी जनाएको उल्लेख गरेको छ । आज तक टीभीले मसुदको फेक अकाउन्टको ट्वीट सेयर गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !