२१ बैशाख २०८१, शुक्रबार

नेकपा (एकीकृत समाजवादी) को गण्डकी प्रदेश भेला पोखरामा हुने

प्रकाशित मिति :  9 September, 2021 3:54 pm


काठमाडौं। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को गण्डकी प्रदेशको भेला पोखरामा हुने भएको छ ।

यही भदौ २७ गते हुने भेलामा प्रदेशअन्तर्गतका जिल्लामा सङ्गठन विस्तारका लागि नयाँ कमिटी गठनसम्बन्धी छलफल गरिने केन्द्रीय सदस्य दिलकुमारी पन्तले जानकारी दिइन् ।

पार्टीले केशवलाल श्रेष्ठलाई प्रदेश इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट अलग भएर हालै गठन भएको नेकपा (एकीकृत समाजवादी) ले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्न जनवर्गीय सङ्गठन निर्माण गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !