१६ चैत्र २०८०, शुक्रबार

बाग्मती प्रदेशका नवनियुक्त योजना आयोगका उपाध्यक्षले लिए शपथ

प्रकाशित मिति :  10 September, 2021 2:02 pm


हेटौँडा । बागमती प्रदेश सरकारले नियुक्त गरेको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षसहित सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

आयोगको उपाध्यक्षमा नियुक्त डा. जगतबहादुर बस्नेत, सदस्यहरु ज्ञानकुमार श्रेष्ठ, निलम ताम्राकार र रामशरण प्याकुरेललाई हेटौँडामा आज एक समारोहबीच मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोकका बस्नेतलाई उपाध्यक्ष तथा रामेछापका श्रेष्ठ, काठमाडौंकी ताम्राकार र प्याकुरेललाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !