२२ मंसिर २०८२, सोमबार

विद्यालय पहिरोको उच्च जोखिममा परेपछि शिक्षा तथा स्वास्थ्य समिति सभापति घर्तीद्वारा जानकारी

प्रकाशित मिति :  15 September, 2021 2:48 pm


काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर-५ कसलाको श्री नमुना माध्यामिक विद्यालय पहिरोका उच्च जोखिममा परेपछि प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले जानकारी लिएकी छन् ।

पहिरोले विद्यालयको चौरको भाग तानिसकेको छ भने नयाँ बनेका विद्यालयका भवनहरू उच्च जोखिममा परेको खबरसँगै सभापति घर्तीले विद्यालयका प्रधानाध्यापक धमेन्द्र रोकामगरसँग फोनमा जानकारी लिएकी हुन् ।

उनले विद्यालय क्षेत्रको भूगोल पहिरोको जोखिममा रहेको भन्दै विद्यालय सार्नका लागि आग्रह गर्दै आफूले पहल गर्ने बताएकी छन् । उनले प्रधानाध्यापक रोकालाई भनिन्,“पहिलो रोकथाम भन्दापनि नयाँ ठाउँमा सार्दा राम्रो होला कि भन्ने मेरो सुझाव छ,त्यैपनि तपाईंहरुले निर्णय गर्नुहोला ।”

प्रधानाध्यापक रोकाले ठूलो भौतिक संरचना बनेकाले पहिरो रोकथाम गर्नु उयुक्त हुने भएपनि जोखिम भने सधै भइरहने सभापति घर्तीलाई जानकारी गराएका थिए । बजेट व्यवस्था भए आफूहरू विद्यालय सार्ने विषयमा छलफल गर्ने बताएका थिए ।

विद्यालय पहिलेदेखि नै सानुपर्ने आवाज उठेपनि ठोस निर्णय हुन नसकेको प्रध्यानाध्यपक रोकाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !