१४ बैशाख २०८१, शुक्रबार

इन्डोप्यासिफिकका लागि ओकसमा जापान र भारतलाई समावेश गरी ‘जयओकस’ नबनाइने

प्रकाशित मिति :  23 September, 2021 6:06 pm


काठमाडौं । अमेरिकाले हिन्दमहागार तथा प्रशान्त महासागर क्षेत्र (इन्डो प्यासिफिक)मा चीनलाई चुनौती दिन बेलायतको साझेदारीमा अस्ट्रेलियासँग परमाणु पनडुब्बी बनाउने सम्झौता ओकसलाई विस्तार नगरिने भएको छ ।

यसअघि अमेरिकाले इन्डोप्यासिफिकमा चीनलाई कठोर चुनौती दिने उद्देश्यले जापान , अस्ट्रेलिया र भारतसँग मिलेर क्वाड बनाएको थियो ।

अहिले अस्ट्रेलियाले फ्रान्ससँग गरेको परमाणु पनडुब्बी सम्झौता भत्काएर अमेरिकाले बनाएको ओकसमा भारत र जापान पनि सामेल हुने र भनी सोधिएको प्रश्नको जवाफमा ह्वाइट हाउसको प्रतिनिधिले यस्तो योजना नरहेको बताइन् ।

भारतले यो सम्झौतामा सहभागी हुन पायो परमाणु शक्तिका लागि चाहिने कतिपय प्रविधिहरूसम्मको सहज पहुँच कायम गर्न उद्देश्यले प्रयास गर्न सक्ने देखिएको छ ।

तर त्यो प्रयासलाई ह्वाइट हाउसले इन्कार गरिदिएको छ ।

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले ओकसमा कसैलाई सामेल नगरिने स्पस्ट पारिन् ।

ठ्टयौली गर्ने पारामा साकीले भनिन् “जापानलाई समावेश गरिए यो जौकस र भारतलाई समावेश गरी जयऔकस बनेर जाने छ । त्यस्तो योजना रहेको छैन् ।”

अहिलेसम्म भारतलाई परमाणु सहयोग रुससँग प्राप्त भइआएको छ ।



प्रतिक्रिया दिनुहोस !