१६ चैत्र २०८०, शुक्रबार

सर्त पूरा गरिए युद्ध अन्त्य गर्न वार्ताका लागि उत्तर कोरिया तयार

प्रकाशित मिति :  24 September, 2021 2:10 pm


काठमाडौं । उत्तर कोरियाको राजनीतिमा प्रभावशाली मानिएकी उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाले आफ्नो शत्रुतापूर्ण नीति समाप्त पारे युद्ध अन्तय गर्ने विषयमा वार्ताका लागि उत्तर कोरया तयार रहेको बताएकी छिन् ।

सन् १९५३मा कोरियाली प्रायद्वीपमा भएको युद्ध बिना शान्ति सम्झौता युद्ध रोकिएकाो थियो । प्राविधिकरूपमा दुवै कोरिया युद्धको अवस्थामा नै छन् । कहिलकाहीँ यी दुई कोरियाबीच तनाव चर्किने गरेको देखिन्छ ।

यो साता अमेरिकी समर्थनमा रहेको दक्षिण कोरियाली राष्ट्रपति मून जाएले चीनको समर्थनमा रहेको उत्तर कोरयासँग औपचारिक रूपमाा शान्ति घोषणा गर्नुपर्ने आह्वान गरे ।

सुरुमा यो प्रस्तवालाई एक उत्तर कोरियाली मन्त्रीले परिपक्व नभएको भनी खारेज गरेका थिए ।

तर शुक्रबार उत्तर कोरियाली नेता किमकी बहिन किमले यो प्रस्ताव स्वीकार्य गर्न सकिने खालको भयो भनेर टिप्पणी गरेकी छिन् ।

तर उनले यसका लागि दक्षिण कोरियाले आफ्नो शत्रुतापूर्ण नीतिमा परिवर्तन गर्नुपर्ने बताइन् ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किमसँग पटक पटक प्रत्यक्ष भेटेर अन्तर्राष्ट्रिय कुनीतिक क्षेत्रमा क्रमभङ्ग गरेका थिए ।

गएको महिनामा दुवै कोरियालीले परमाणाु क्षेप्यास्त्रको परीक्षण गरेका थिए ।

नाकाबन्दी लगाउनु पूर्व अमेरिकाले पटक पटक उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम छोड्नै पर्ने सर्त थप्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !