१४ बैशाख २०८१, शुक्रबार

ट्रम्पले भतिजी र न्युयोर्क टाइम्स विरूद्ध दश करोड अमेरिकी डलर बराबरको क्षतिपूर्ति मुद्दा दायर गरे

प्रकाशित मिति :  24 September, 2021 4:18 pm


काठमाडौं । पूर्वी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भतिजी म्यारी ट्रम्प र न्युयोर्क विरूद्ध दश करोड अमेरिकी डलर बराबरको क्षतिपूर्ति तिर्नुपर्ने मुद्दा दायर गरेका छन् ।

आफ्नो कर प्रतिफल प्राप्त गर्न गैरकानुनी ढंगले कपटपूर्ण योजना बनाएको भनेर यो मुद्दा दायर गरिएको हो ।

न्युयोर्क टाइम्सका रिपोर्टर सुसन क्रेग, डेभिड बास्र्टउ र रस ब्युटनरले डोनाल्ड जे ट्रम्पको गुप्त कर रेकर्ड पाउन प्रयास गरेका थिए ।
हो ।
उनीहरूले व्यक्तिगत प्रतिशोधका लागि यो कार्य गरेको आरोप लगाइएको छ ।

त्यो करसम्बन्धी रिपोर्टका लागि न्युयोर्क र तीन पत्रकारहरूले सन् २०१९को पुलित्सर पुरस्कार प्राप्त गरे ।

न्युयोर्क टाइम्सको करसम्बन्धी सो अनुसन्धानात्मक खबर अनुसार आजको सर्तमा हेर्दा ४० करोड अमेरिकी डलर भन्दा बढी बराबरको सम्पत्ति ट्रम्पले पिताबाट सम्पत्ति प्राप्त गर्दा कर छली स्किमको उपयोग गरी गरेका थिए ।

धेरै मदिरा पिउनाले सन्१९८१मा मृत्यु भएका ट्रम्पका दाजु फ्रेड ट्रम्प जुनियरकी छोरी मेरी हुन् ।

सन्२०२०मा मेरीले “ टु मच एन्ड नेभर इनफः हाउ माई फ्यामिली क्रिएटेड द वल्र्ड्स मोस्ट ड्यान्जरस म्यान”शीर्षकमा स्मृतिलेखेकी थिइन् । न्युयोर्कको सो अनुसन्धानसम्बन्धी खबरको प्राथमिक स्रोत आफू भएको म्यारीले खुलाएकी छिन् ।

ट्रम्पको २७ पृष्ठ लामो मुद्दामा न्युयोर्क टाइम्सका पत्रकारहरूले निरन्तर भतिजी भ्यारीसँग वकिलको ठाउँबाट करका रेकर्ड चोर्न लगाएको आरोप लगाइएको छ ।

मुद्दामा खुला गर्न नहुने सम्पत्ति बाँडफाँटसम्बन्धी सन् २००१मा हस्ताक्षर गरिएका कागजात खुलाएर म्यारीले कानुनको उल्लंघन गरेको आरोप लगाइएको छ ।

पूर्व राष्ट्रपति ट्रम्पले क्षतिपूर्तिको माग दाबी गरी मानहानिको मुद्दा दायर गरेका हुन् ।

कर छलीको विषयमा ट्रम्पको कम्पनी विरूद्ध अनुसन्धान भइरहेको छ ।

न्याय मन्त्रालयले ट्रेजरीलाई करसम्बन्धी रेकर्ड उपलब्ध गराउन अगस्टमा भनेको थियो । ट्रम्पले करसम्बन्धी विषय सार्वजनिक गर्न अस्वीकार गरी आएका छन् ।

अमेरिकी राष्ट्रपति रिचार्ड निक्सुनयताका सबै अमेरिकी राष्ट्रपतिहरूले कर प्रमाण पत्र सार्वजनिक गर्ने गरेका छन् । अमेरिकी कानुनले यो विवरण खुलाउनै पर्ने बाध्यकारी नबनाइएपनि निक्सनदेखिका राष्ट्रपतिले सार्वजनिक गर्दै आएका छन् ।

न्युयोर्ककी प्रवक्ता डानिली रोआदेश हाले स्वतन्त्र पत्रकारिताको मुख थुन्न ट्रम्पको यो मुद्दा भएको बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस !