२६ बैशाख २०८१, बुधबार

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकमा वैद्य

प्रकाशित मिति :  27 September, 2021 9:21 pm


काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकको जिम्मेवारी मतिना वैद्यले पाएकी छन् ।

प्रधानमन्त्री एवं कृषि तथा पशुपन्छी विकास मन्त्री शेरबहादुर देउवाले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको वैद्यलाई महानिर्देशकमा पठाएका हुन् ।

तत्कालीन महानिर्देशक उपेन्द्र राय मन्त्रालय तानिएका छन् ।

बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट सरुवा भएर संघीय कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय आएकी वैद्यले महानिर्देशकको जिम्मेवारी पाएकी हुन् । यसअघि पनि वैद्य सोही विभागको महानिर्देशकको रुपमा काम गरेको अनुभव छ ।



प्रतिक्रिया दिनुहोस !