१३ बैशाख २०८१, बिहिबार

चीनमा बाढीबाट सत्र लाख बढी मानिस विस्थापित

प्रकाशित मिति :  11 October, 2021 1:31 pm


काठमाडौं । चीनको उत्तरी प्रान्त शान्सीमा बाढीले १७ लाख ६० हजार बढी मानिस विस्थापित भएका छन् ।

गत साता परेको पानीले प्रान्तका ७० जिल्ला भन्दा बढीका घरहरूलाई बगाएर लगेको छ ।

हेना प्रान्तमा भारी वर्षात्का कारण तीन महिना अघि ३०० जनाको ज्यान गएको बाढीको घटना पछि यो बाढीले उद्धार कार्यमा समस्या पारेको हो ।

चीनको जलतथा मौसम विज्ञान विभागले अझ भारी वर्षा र वेगवान आँधीले त्यस क्षेत्रमा उद्धार कार्यलाई प्रभावित पारिरहेको जनाएको छ ।

एक लाख बीस हजार मानिसलाई आपत्कालीनरूपमा स्थानान्तरण गरिएको छ । १७ हजार घर ध्वस्त भएको शान्सी प्रान्तले जनाएको छ ।

पहिरोमा चार प्रहरी अधिकारीको पुरिएर मृत्यु भएको ग्लोबल टाइम्सले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !