१६ चैत्र २०८०, शुक्रबार

जम्मु कास्मिरमा भएको भिडन्तमा ६ जवानको मृत्यु

प्रकाशित मिति :  11 October, 2021 2:38 pm


काठमाडौं । जम्मूकास्मिरको राजौरी सेक्टरमा लडाकु संगठन र सेना बीच भिडन्त हुँदा एक सैनिक अधिकारीसहित ६ जवानको मृत्यु भएको छ ।

प्राप्त जानकारी अनुसार पीर पञ्जाल रेन्जमा जारी काउन्टर टेररिस्ट अपरेसनमा एक जुनियर कमिसन्ड अफिसर र चार जनाको मृत्यु भएको हो ।

यसैगरी जम्मु कास्मिरको पुँछमा लडाकु र सुरक्षाकर्मीबीच सोमबार विहान भिडन्त भएको थियो ।

यस्तै जम्मु कास्मिरको बान्दीपोरामा एक लडाकु मारिएको हो ।

मारिएको लडाकु इम्तियाज अहमद डार भएको सनाखत गरिएको र लश्कर ए तोएबाका सदस्य भएको जनाइएको छ ।

अनन्त नागमा एक लडाकु घाइते भएको दैनिक भाष्करले जनाएको छ । ।

 



प्रतिक्रिया दिनुहोस !