१३ बैशाख २०८१, बिहिबार

मारिएका इश्लामिक स्टेटका नेता अल बगदादीलाई धनको व्यवस्था गर्ने इराकमा पक्राउ

प्रकाशित मिति :  11 October, 2021 4:42 pm


काठमाडौं ।मारिएका इश्लामिक स्टेट लडाकु संगठन अबु बकर अल बगदादीलाई धनको व्यवस्था गर्ने उपनेता इराकमा पक्राउ परेको त्यहाँका प्रधानमन्त्रीले पुष्टि गरेका छन् ।

अमेरिकाको विशेष सेनाद्वारा बगदादी मारिएको दुई वर्ष पछि उनको उपनेता पक्राउ परेका हुन् ।

इराकका प्रधानमन्त्री मुस्तफा अल कधिमीले इराकी गुप्तचर सेनाले गरेको अपरेसनमा इश्लामिक स्टेटमा सामी जसिम पक्राउ गरेको हो ।

बगदादीको उपनेताको रूपमा काम गर्दै आएको सामी जसिम मुहम्मद अल जबुरी वित्तीय विभागका इन्चार्ज थिए ।

अमेरिकी सेनाको कारबाहीमा सन् २०१९ बगदादीको उत्तरपश्चिम सिरियामा मृत्यु भएको थियो ।

इराक प्रधानमन्त्री अल काधिमीले इराकी सेनाको प्रशंसा गर्दै लेखेको ट्वीटमा जसिमको पक्राउको खबरको पुष्टि गरेका हुन् ।

अमेरिकाको ट्रेजरीले जसिमलाई सन् २०१५को सेप्टेम्बरमा वैश्विक आतंकवादी सूचीमा समावेश गरेको थियो ।

इराकमा सम्पन्न पाँचौ निर्वाचनको मतदान सके लगत्तै प्रधानमन्त्रीले यो घोषणा गरेका हुन् ।

१८ वर्ष अमेरिकी सेनाले इराकमा प्रवेश गरी तत्कालीन शासक सद्दाम हुसेनलाई अपदस्थ गरेको थियो ।

इराकमा आम नरसंंहारकारी हातहतियार राखेको भन्दै सो आक्रमण अमेरिकाले गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस !