८ बैशाख २०८१, शनिबार

‘नोबेल पुरस्कारमा लिङ्ग वा नश्लका आधारमा आरक्षण हुने छैन’

प्रकाशित मिति :  12 October, 2021 8:19 am


काठमाडौं । नोबेल पुरस्कार दिने स्वीडेन एकेडेमीका प्रमुख वैज्ञानिक गोरेन हेनसनले पुरस्कार प्रदान गर्दा लैङ्गिक वा नश्लका आधारमा आरक्षण नहुने प्रष्ट पारेका छन् ।

उनले भनेका छन्,“हामी चाहन्छौं कि यो पुरस्कार महत्वपूर्ण खोज गर्नेले प्राप्त गरुन् न कि लिङ्ग र नश्लका आधारमा ।”
नोबेल पुरस्कार १ सय २० वर्ष पहिले सन् १९०१ देखि प्रदान गर्न सुरु भएको थियो र अहिलेसम्म ५९ जना महिलाले मात्रै यो पुरस्कार जितेका छन् ।

यसवर्षको नोबेल पुरस्कार विजेतामा पनि एक महिला मात्रै रहेकी छन् । फिलिपिन्स की पत्रकार मारिया रेस्साको ‘अभिव्यक्ति स्वतन्त्रताका लागि उनले गरेको प्रयास’का लागि नोबेल पुरस्कार प्रदान गरिएको छ । उनलाई यो पुरस्कार रुसी पत्रकार दिमित्री मुरातावसँगै दिइएको थियो ।

प्रमुख वैज्ञानिक गोरेनले भनेका छन्,“नोबेल विजेतामा महिलाको संख्या कम देख्दा दुःख लाग्छ र यसले हाम्रो समाजको अन्यायपूर्ण स्थितिको दर्शाउछ र खास गरेर विगतको अन्यापूर्ण स्थिति । तर अहिलेपनि यो अवस्था जारी छ । हामीले यस दिशामा धेरै गर्न बाँकी छ ।”

गोरेनले थप भनेका छन्,“हामीले निर्धारण गरेकाका छौं कि नोबल पुरस्कार लिंङ्ग वा नश्लका आधारमा आरक्षण दिइने छैन ।”

यो फैसला नोबेल पुरस्कारका संस्थापक अलफेड नोबेलको अन्तिम इच्छा अनुसार नै लिएको बताएका बीबीसीले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !