२० बैशाख २०८१, बिहिबार

चीनको बुहानबाट उद्धार गरिएका १७५ जना नेपाली काठमाडौं आइपुगे

प्रकाशित मिति :  16 February, 2020 9:19 am


काठमाडौं, ४ फागुन।

कोरोना भाइरस प्रभावित चीनको बुहानबाट १७५ जना नेपाली काठमाडौं आइपुगेका छन् ।

उनीहरुलाई लिन शनिबार अपराह्न चीन गएको नेपाल एयरलाइन्सको जहाज आइतबार विहान करिब ४ बजेतिर नेपाल आइपुगेको हो ।

कोरोना भाइरसको उद्गम स्थल मानिएको बुहानबाट उद्दार गरी ल्याइएका विद्यार्थीहरुलाई भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा लगिएको छ ।

यसअघि चीनबाट १८५ जना ल्याउने भएपनि अन्तिम समयमा आएर १० जना नल्याइएपछि १७५ जनामात्र नेपाल आएका हुन् । तीमध्ये ४ जना स्वेच्छाले र ६ जना उच्च तापक्रमका कारण चीनमै रोकिएका छन् ।

विशेष सुरक्षा तयारीका साथ विमानस्थलमा खटिएका चिकित्सकहरुले वुहानबाट उद्धार गरि ल्याएका व्यक्तिको  स्वास्थ्य प्रशिक्षण गरेका थिए। जसमा १ सय ३४ जना पुरुष र ४१ जना महिला रहेका थिए।

नेपाल फर्किनेहरुमा अधिकांश विद्यार्थीहरु रहेका छन्। २ जना पर्यटक भिषामा चीन पुगेका नेपाली र एक जना कामदारलाई पनि नेपाल फर्काइएको छ।

खरिपाटी पुगेका उनीहरुलाई १४ दिन त्यहाँ बनाइएको क्वारेन्टाइनमा राखिनेछ। त्यसबेलासम्म उनीहरुले आफ्नो घर परिवार सँगै भेट्न पाउने छैनन्।



प्रतिक्रिया दिनुहोस !