सल्यानमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ
प्रकाशित मिति : 20 October, 2021 1:00 pm
सल्यान । सल्यानमा आफ्नै श्रीमती ४२ वर्षीया कली खड्काको हत्या गरेको अभियोगमा कुमाख गाउँपालिका-५ तिमिले बस्ने ४७ वर्षीय कबिराम खड्का पक्राउ परेका छन् ।
घरायसी विवादको कारण मादक पदार्थ सेवन गरी कबिरामले आफ्नै श्रीमतीलाई धारिलो हतियार (बसुलो) प्रहार गरेर हत्या गरेका थिए ।
खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यान र ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले कबिरामलाई गएराति पक्राउ गरेको हो । उनलाई पक्राउपछि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।








